कम्पनीले असोज १० गते बसेको बीसौँ साधारण सभाबाट चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले शेयर विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।
त्यसैगरी कम्पनीले आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हकप्रद शेयर बापतको रकम मंसिर २३ गतेभित्र जम्मा गर्नुपर्ने जनाएको छ ।
कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ छ । हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ ।