जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा बढ्यो, ५७ रुपैयाँ ९७ पैसा इपिएस कायम

Nov 18, 2018 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १० लाख १० हजार रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ३७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी बढे पनि कर्मचारी खर्च बढ्दा अपेक्षा अनुसारको नाफा बढ्न नसकेको हो । गत वर्षको प्रथम त्रैमासमा एक करोड २६ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

३ करोड २६ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन र ७९ करोड ९० लाख सापटीबाट १ अर्ब ७३ लाख रुपैयाँ ऋण परिचालन गरेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात १.७४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ४७.१६ गुणा छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।