प्रभु इन्स्योरेन्सले चुक्ता पूँजी एक अर्ब कायम, प्रतिशेयर आम्दानी १२ रुपैयाँ १३ पैसा

Nov 18, 2018 Merolagani

प्रभु इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब कायम गरेको छ। ४६ प्रतिशत हकप्रदबाट पूँँजी कायम गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ १३ पैसा कायम भएको छ।

इन्स्योरेन्सले वित्तीय विवरणमा भने कम्पनीले त्रैमासिक अवधिको कम्पनीको प्रतिशेयर आम्दानी तीन रुपैयाँ मात्र उल्लेख गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड १० लाख रुपैयाँले खुद नाफा आर्जन बढाएर ३ करोड १ लाख रुपैयाँ गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले १७ करोड रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले पुनर्बीमा कमिशनबाट झण्डै ४ करोड ३६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९६ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले जगेडा कोष र बीमा कोषमा पनि सुधार गरेको छ । कम्पनीकोे जगेडा कोषमा १९ करोड रुपैयाँ र बीमा कोषमा ४५ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।

कूल १८ हजार ६७० बीमालेख जारी गरेको कम्पनीले २७ करोड २० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा १२ हजार ९२ बीमालेख नवीकरण भएका छन् ।

यस अवधिमा कम्पनीले ६०५ दाबी वापत १५ करोड ४३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ५७७ दाबी वापत १३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीका प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६३ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।