अनलाईन शेयर कारोबार गर्न ब्रोकर र लगानीकर्ताबीच यस्तो हुनुपर्छ सम्झौता

Nov 18, 2018 Merolagani

शेयर बजारका लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरेपछि मात्र अनलाइन कारोबार गर्न पाउने भएका छन्। हालै सञ्चालनमा आएको अनलाईन मार्फत शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीबीच सम्झौता गर्नुपर्ने भएको हो ।

ब्रोकर एसोसिएसनले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपविनियम १० सँग सम्बन्धित भन्दै ब्रोकर र लगानीकर्ताबीच हुने सम्झौताको नमुना सार्वजनिक गरेको छ ।

एसोसिएसनले सार्वजनिक गरेको सम्झौताको प्रारूप बमोजिम ब्रोकरसँग लगानीकर्ताले सम्झौता गरेपछि मात्रै अनलाइन कारोबार प्रणालीमा सहभागि हुन पाउनेछन् ।

ब्रोकरसँग सम्झौता भएपश्चात मात्र ब्रोकरले लगानीकर्ताको आदेशअनुरुप कारोबार प्रणालीमा तथ्याङ्क प्रवेश गराउने एसोसिएसनले जनाएको छ ।

गत कात्तिक २० गतेदेखि ब्रोकरहरुले अनलाइन प्रणाली मार्फत कारोबार गराउदै आएका छन् । 

लगानीकर्ता र ब्रोरकबीच हुने सम्झौताको प्रारुप 

 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।