लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स सम्झौता

Nov 18, 2018 Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच आज बैंकास्युरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्के्टिङ्ग मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसागर शर्मा र बरिष्ठ मार्के्टिङ्ग मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

सो सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।