गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५४ करोड ८६ लाख रुपैयाँ दुख बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख रुपैयाँ र बीमालेख धितो कर्जामा ९५ करोड ८६ लाख रुपैयाँ लगानी गरेर ९२ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले समीक्षा अवधिमा एक करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक करोड ५८ लाख रुपैंयाँ खुद नाफा कमाएको थियो ।
एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीले जगेडा कोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।
हाल सम्म कायम २ लाख १९ हजार ६३९ बीमालेखबाट कम्पनीले कुल १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले तीन हजार २९१ वटा दाबीका लागि ९४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८६ दाबी वापत एक करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
एशियनको वार्षिक प्रतिशेयर अाम्दानी पाँच रूपैयाँ ३९ पैसा रहेकाे छ । कम्पनीले वित्तिय विवरणमा त्रैमासिक अवधिकाे एक रुपैयाँ ३५ पैसा उल्लेख गरेकाे छ । उसकाे प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २४ पैसा र मुल्य आम्दानी अनुपात ४३६ गुणा बढी छ ।