रसुवागढी विद्युतगृहको निर्माण तीब्र

Nov 19, 2018 RSS

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेको छ ।एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताए।

रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा– १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको छ । समग्रमा ७० प्रतिशत काम पूरा भइसकेको उक्त कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिए ।

भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङ (आउटलेट) को काम अन्तिम चरणमा पुगेको, भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्राउने तीन वटा पोखरीको निर्माण कार्य पनि धमाधम अगाडि बढिरहेको बताइएको छ ।

सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्यबमोजिम सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि डब्लु इले अह्रोरात्र काम गरिरहेको र निर्माणमा ८०० भन्दाबढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ ।

१३ अर्ब ६४ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ ।
कम्पनीका प्रबन्धक निर्देशक कोइरालाले असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न हुन्छ उललेख गरे ।

आयोजनाको कार्यमा ३० भन्दाबढी प्राविधिक कार्यरत छन् । वातावरणीय हिसाबले अत्यन्तै राम्रो र भरपर्दो विद्युत् आयोजना रसुवागढी जलविद्युत् हुने बताउँदै वातावरणविद् तथा जनसर्म्पक प्रमुख तेज साउथले निर्माण काम गरुञ्जेल बाहिर सतहमा केही असहज भएको तर निर्माणको संरचना सबै भूमिगत भएकाले भोटेकोशीको बाढी, ठाडो भिरको पहिरो, चट्याङ र भूकम्प जस्ता प्रकोपले कुनै असर नगर्ने जानकारी दिए ।

विद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दामाथि सामाजिक काममा सहयोग गरिरहेको र खैदी मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिसकेको बताउँदै टिमुरे घट्टेखोला निवासी समाजसेवी सोनाम वाङ्दी तामाङले भने, “सामाजिक उत्तरदायित्वका सवालमा राम्रो काम भएको छ । कुनै आकस्मिकरुपमा परी आउने सहयोगलाई समेत निरन्तरता दिई आयोजनाले सद्भाव राम्रो कायम गरेको छ ।”

आयोजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये ६ जना अधिकृतस्तरमा कार्यरत छन् ।

स्वस्थ्य क्षेत्रमा सहज पार्न रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक-एक नर्स विद्यालयका लागि दुई÷दुई जना शिक्षकको व्यवस्थापन गर्नुका साथै टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर डिस्पोजल एवं ट्र्याक्टर व्यवस्था, रोङ्गा थुमन १३ किमी ग्रामीण सडक र थुमनमा बौध गुम्बा निर्माण गरिसकेको छ ।

आयोजनाले जैविक विविधता संरक्षणअन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपण गर्नुका साथै रोपणका लागि ६ हजार बिरुवा तयारी गरिसकिएको र लाङ्टाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित कार्यालय भवन निर्माणसमेत सम्पन्न गरिसकिएको आयोजनाका वातावरणविद् साउथले बताए ।

प्रभावित क्षेत्रका गाउँलाई उज्यालो पार्न टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरणको कामसमेत सम्पन्न गरिसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई एक-एक वटा क्वाटर निर्माण गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।