गोरखाको बारपाकमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बन्ने

Nov 19, 2018 RSS

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, “सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक परिवर्तन गर्ने गरी राम्रो काम गरिरहेको छ ।” 

मन्त्री गुरुङले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर केन्द्र, प्रदेश र स्थानीय सरकार सबैले नेपाललाई समृद्धि राष्ट्रका रुपमा विकास गर्ने गरी खाका कोरिसकेको बताए ।

उनले वित्तीय संस्थाले लगानी गर्दा उत्पादनमूलक क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै त्यसले मात्र देशको आर्थिक समृद्धिलाई टेवा पुग्ने उल्लेख गरे।

मन्त्री गुरुङले यस क्षेत्रको प्रवद्र्धनका लागि भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए ।

 

प्रदेशभित्र आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि ३०० घरबास सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनार्इ थियो ।

“अहिले गण्डकी प्रदेशभित्र घरबास सञ्चालन गर्न चाहनेका लागि अनुदानको व्यवस्था गरेका छौं” । उनले विकास निर्माणको जिम्मा लिएर समयमा काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई दण्ड जरिवाना गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।