प्रतिशेयर आम्दानी ६१ पैसा हुने कम्पनीको अवस्था यस्तो छ

Nov 19, 2018 Merolagani

नेपाल एक्सचेञ्जमा सूचीकृत जेबिल्स फाइनान्स (JEFL ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ६१ पैसा कायम गरेको विवरण सार्वजनिक गरेको छ ।

गत आवको प्रथम त्रैमासमा फाइनान्सको प्रतिशेयर आम्दानी ऋणात्मक थियो । फाइनान्सको खुद नाफा सुधारात्मक हुदा प्रतिशेयर आम्दानी सकारात्मक भएको हो ।

चालू आवको पहिलो त्रैमासमा फाइनान्सले ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा फाइनान्स २५ लाख ७० हजार रुपैयाँ नोक्सानीमा थियो ।

फाइनान्सले जोखिम व्यवस्थापन, कर्मचारी खर्च र अन्य संचालन खर्चमा कटौती गर्दै खुद नाफा सुधारेको हो ।
चुक्ता पूँजी ७३ करोड ८२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ । चालू आवको प्रथम त्रैमासमा फाइनान्सले एक करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी १६.९३ प्रतिशतले कम हो । गत वर्ष असोज मसान्तमा फाइनान्सले एक करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा एक अर्ब ८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले एक अर्ब २७ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्समा निष्कृय कर्जा अनुपात ३.८० प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।