चालु आवको पहिलो त्रैमासमा कुन विकास बैंक देखियो अब्बल ?

Nov 19, 2018 Merolagani

नेपाल एक्सचेञ्जमा सूचीकृत २७ विकास बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेका छन् । यस त्रैमासको विवरण अनुसार प्राय सबै विकास बैंकहरुको सूचकहरु सुधारात्मक देखिएको छ । 

२७ विकास बैंकहरु मध्ये मुक्तिनाथ विकास बैंक अधिकांश सूचकमा अब्बल देखिएको छ ।

बैंकले यस त्रैमासमा २० करोड बढी खुद नाफा कमाएर पहिलो स्थान हासिल गरेको छ । बैंक निक्षेप संकलन, ऋण परिचालन, खुद ब्याज आम्दानी र संचालन आम्दानीमा पनि अन्य भन्दा अब्बल देखिएको छ ।

यता कर्णाली विकास बैंकले सबै भन्दा थोरै खुद नाफा आर्जन गरेको छ । असोज मसान्तसम्ममा बैंकले ८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गर्यो । बैंकको अन्य आम्दानीका सूचकहरु भने समान्य रहेका छन् ।

सबै भन्दा मज्बुद जगेडा रहेको लुम्बिनी विकास बैंकको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ सञ्चित छ । बैंकले ८ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सप्तकोशी डेभलपमेण्ट बैंकको जगेडा कोष सबै भन्दा कमजोर देखिएको छ । बैंकको जगेडा कोषमा दुई करोड ३२ लाख रुपैयाँ मात्र सञ्चित छ ।

त्यसैगरी चुक्ता पूँजीको आधारमा माहालक्ष्मी विकास बैंकको सबै भन्दा धेरै दुई अर्ब ८४ करोड रुपैयाँ छ । चालु आवको प्रथम त्रैमासमा ११ करोड रुपैयाँले धेरै खुद नाफा आर्जन गरेर तेस्रो स्थान ओगटेको बैंकका अन्य सूचकहरु पनि सकरात्मक छन् ।

सबै भन्दा थोरै चुक्ता पूँजी रहेको कावेली विकास बैंकको ४८ लाख रुपैयाँ खुद नाफा छ । बैंकको अन्य सूचकहरु पनि अन्यको तुलनामा खुम्चिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन, कर्जा परिचालन, खुद ब्याज आम्दानी र संचालन खर्च पनि संकुचित भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।