सिटिजन्स बैंकको बण्ड बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटललाई

Nov 19, 2018 Merolagani

सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैंयाको बण्ड जारी गर्ने भएको छ । यसका लागि बैंकले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । बैंकले १ हजार अंकित दरका २५ लाख कित्ता “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२ अर्ब ५० करोड बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत व्यक्तिगत र २० प्रतिशत सर्वसाधरणका लागि निष्काशन गर्न धितोपत्र बोर्डसँग माग गरिएको छ । बोर्डको स्वकृति पश्चात् बण्डको निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।