संस्थागत सुशासनले थलिएको लघुवित्तको आईपिओमा २ दिनमा २६ गुणा बढी आवेदन

Nov 19, 2018 Merolagani

संस्थागत सशासन ज्यादै कमजोर भएर कार्वाहीमा परेको सामुदायिक लघुवित्तको साधारण शेयरमा २ दिनमा नै २६ गूणाभन्दा बढी आवेदन परेको छ । आर्थिक अनियमितताकै कारण आईपिओ स्वीकृत भएको झण्डै १ वर्ष पछि मात्र निष्काशन गरेको आईपिओमा अधिक आवेदन परेको हो ।

यस अघि नै कम्पनीले गत वर्षको माघ ९ गतेदेखि आईपिओ निष्काशनको मिति निर्धारण गरेको थियो । तर संस्थागत सुशासनका साथै वित्तीय अस्वस्थताका कारण राष्ट्र बैंकले शेयर निष्काशनमा रोक लगाएको थियो ।

त्यसपछि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराज जोशी समेत वित्तीय हिनामामिनाको आरोपमा पक्राउ परेका थिए । उनलाई ५ लाख रुपैंया जरिवाना गरिएको थियो ।

यस्तो अवस्थाको लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ७१ लख ५० हजार ५ सय कित्ता शेयर माग भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिगंको प्रारम्भिक तथ्यांक अनुसार लघुवित्तको आईपिओमा १ लाख ९ हजार ६ सय ८६ वटा आवेदन परेको हो ।

अझै २ दिनमा कति आवेदन पर्छ भन्न सक्ने अवस्था छैन । तर २ दिनको आवेदन आँकडामा मात्र हिसाब गर्ने हो भने ८२ हजार ३ सय ८६ आवेदक रित्तो हात हुने छन् । २७ हजार ३ सय १० जना सर्वसाधारण आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउने छन् ।

लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरिरहेको छ । जसमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बितरण हुनेछ ।

आईपीओ निष्कासन मंसिर ५ गते बन्द हुने बिक्री प्रवन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।