निर्धारित समयमा सबै ऋणपत्र बिक्री नभएपछि सानिमा डिबेञ्चरको समय लम्बियो

Nov 19, 2018 Merolagani

७ करोड २५ लाख रुपैयाँ आवेदन
सानिमा बैंकले सर्वसाधारणमा निष्काशन गरेको सबै ऋणपत्र निर्धारित समयमा बिक्री नभएपश्चात समय थपिने भएको छ। ३८ कराेडकाे बैंकको ऋणपत्र निष्काशन भएकाेमा सोमबारसम्ममा ७ करोड २५ लाख रुपैयाँ हाराहारीमा मात्र माग भएपछि समय थप हुने भएको हो ।

यस ऋणपत्रको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ । क्यापिटलका मर्चेन्ट बैंकिङ्ग प्रमुख सुभाष बस्नेतले सोमबार बेलुका ५ बजेसम्म १३ सय ५० भन्दाबढी आवेदकबाट ७२ हजार ५०० बढी कित्ताका लागि ७ करोड २५ लाख बराबरको आवेदन परेको बताए ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाइएको ऋणपत्रमध्ये अझै ३० करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ५०० कित्ता हाराहारीमा बिक्री हुन बाँकी छ ।

बैंकले कात्तिक ३० गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ रुपैयाँ बराबरको ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसको बिक्री छिटोमा मंसिर ४ गते मंगलबार बन्द हुने समयावधि तोकिएको थियो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा यो वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाइएको छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो। जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिनेछ ।

इक्रा नेपालले सानिमाको यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।

सोमबारसम्ममा न्यून आवेदन नपरेपछि बैंकको ऋणपत्रको समयावधि सबै बिक्री नभएसम्मका लागि लम्बिएको छ । अब ढिलोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ । निष्काशन भएको ऋणपत्र पुस १ गतेभन्दा अगाडि नै बिक्री भएमा भएमा भने सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने काठमाडौं क्यापिटलका मर्चेन्ट बैंकिङ्ग प्रमुख सुभाष बस्नेतकाे भनार्इ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।