सानिमा लाइफको 'सानिमा जीवन श्री' योजना सार्वजनिक, यस्ता छन् विशेषता

Nov 20, 2018 Merolagani

सानिमा लाइफ इन्स्योरेन्स (SLI)ले अधिकतम नेपालीहरुलाई जीवन बीमा प्रदान गर्ने उदेश्यका साथ जीवन बीमा योजना 'सानिमा जीवन श्री' तर्जुमा गरेको छ ।

बीमा कम्पनीले आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट यो योजना सावजनिक गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरुको अर्थिक हितलाई ध्यान दिइ सुरुमा नै यस योजना अन्तर्गत जीवन बीमा गर्दा पूरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको र जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको जीवन बीमाको लागि अतुलनिय अवसर रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उललेख छ ।

यस योजनामा न्यूनतम पाँच लाख बीमाङ्क रकम देखि आयश्रोतको आधारमा अधिकतम बीमाङ्क निर्धारण गरिने छ । १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्ति यस योजनामा सहभागि हुन सक्नेछन् । बीमा समाप्तीको अधिकतम उमेर ७० बर्ष निर्धारण गरिएको छ । जसमा १० वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि रहनेछ ।

यस योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ ।
दश देखि पाँच पाँच वर्ष अन्तरमा २५ बर्ष बीमा अवधि निर्धारण गरिएको छ भने बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ बर्ष रहेको छ ।

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमालेखेको शर्तहरुको अधिनमा रही प्रत्यक बर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले पूरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ ।

त्यस्तै बीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एक मुष्ट प्रदान गरिने सानिमा लाइफलेृ जनाएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।