यस्तै सबैभन्दा कम गत मंसिर २८ गते देखि व्यवसायिक कारोबार सुरुवात गरेको प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।
खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ। रिलायवलले यस अवधिमा २२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र आइएमई लाइफको खुद बीमा शुल्क १० करोड रुपैयाँ भन्दा बढी छ ।
यसै गरी रिलायवल लाइफले ९ करोड ६५ लाख, सानिमा लाइफले ६ करोड ५८ लाख र प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।
खुद नाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि कम्पनीहरु मध्ये रिलायवल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको रिलायवलले लगानी कर्जा तथा अन्य आयवाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको हो ।
यस्तै सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गरेको युनियन लाइफले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । युनियनले लगानी कर्जा तथा अन्य आयबाट एक करोड ५३ लाख रुपैयाँ र बीमालेख धितोमा ७ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेर १९ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको हो ।
यसै गरी सन नेपाल लाइफ, आइएमई लाइफ र ज्योति लाइफले तीन करोड रुपैयाँ, सानिमा लाइफ र सिटिजन लाइफले दूई करोड रुपैयाँको हराहरीमा खुद नाफा आर्जन गरेको छ । यस्तै रिलायन्स लाइफले १ करोड ७० लाख रुपैयाँ र प्रभु लाइफले १ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
प्रायजसो कम्पनीहरुले लगानी कर्जा तथा अन्य स्रोतबाट आम्दानी भएको वित्तीय विवरण प्रस्तुत गरेका छन् ।
हाल नौं कम्पनीको कुल १३ अर्ब २६ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन अनुसार प्रत्येक कम्पनीले न्युनतम २ अर्बका दरले न्यूनतम १८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।
त्यसको लागि यस कम्पनीहरुले ५ अर्ब ६८ करोड ५० लाख रुपैयाँ बराबरको आर्इपिओ निष्काशन गर्नेछन् । आर्इपिओ निष्काशन पश्चात यी कम्पनीकाे चुक्त्ता पूँजी १८ अर्ब ९५ कराेड रूपैयाँ पुग्नेछ ।