आईपिओ प्रस्ताव पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारण सभा

Nov 20, 2018 Merolagani

इन्फिनिटी लघुवित्त (INFINITY) ले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) प्रस्ताव सहित लघुवित्तको दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले मंसिर २८ गते शुक्रबार २ बजे सहमति संस्था, विजय चोक नवलपुरमा सभा आह्वान गरेको हो ।

लघुवित्तले हाल कायम जारी पूँजी अनुपातलाई ६७.५० प्रतिशत संस्थापक शेयर र ३२.५० प्रतिशत सर्वसाधारण समूहको शेयरमा वर्गीकरण गरी शेयर स्वामित्व कायम गर्ने उल्लेख गरेको छ ।

जसअनुसार लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख पाँच हजार रुपैयाँ बराबरको ६ लाख ७४ हजार ५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

साथै लघुवित्तले मर्जर। एक्वीजिशनको बाटो समेत खुला गर्ने भएको छ । उसले आफूलाई उपयुक्त हुने लघुवित्त पहिचान गरी मर्जरमा जाने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा गरेको छ ।

त्यसैगरी सारथी लघुवित्त (SLBSL) ले चुक्ता पूँजी १० करोडबाट वृद्धि गरी १२ करोड पुर्याउने विशेष प्रस्तावसहित पहिलो बार्षिक साधारण सभा बोलाएको छ ।

जसका लागि लघुवित्तले हालको चुक्ता पूँजीको १५.७१ प्रतिशत (जारी पूँजीको २० प्रतिशत) ले हकप्रद जारी गर्ने प्रस्ताव राखेको छ ।

साथै यस लघुवित्तले आफू उपयुक्त अन्य वित्तिय संस्थाको पहिचान गरी मर्जरमा जाने संकेत देखाएको छ ।

लघुवित्तले प्रथम वार्षिक साधारण सभा मंसिर २७ गते बिहीबार बिहान ११ बजे होटल सन्तोष दमौली तनहुँको सभाकक्षमा गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।