गोर्खाज फाइनान्सको खुद नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

Nov 20, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सले एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा फाइनान्स तीन करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो ।

संचालन मुनाफामा वृद्धि हुदा फाइनान्सको नाफा बढेको हो । यस अवधिमा फाइनान्सले तीन करोड २० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । 

 

चालू आर्थिक वर्षमा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा कायम छ ।  

चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २९ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा ५ अर्ब ८० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ४ अर्ब ३३ करोड ७७ लाख रुपेयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ६३ प्रतिशतले संकुचित भएको हो ।

गत वर्षको प्रथम त्रैमासमा फाइनन्सले एक करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ४.९५ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात १८.३८ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।