उर्जा बचत उपकरण जडानमा राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सम्म अनुदान दिने

Nov 20, 2018 Merolagani

उर्जा बचतको लागि राष्ट्रिय वाणिज्य बैंकले  उर्जा बचत कार्यक्रमसंग सहकार्य गर्ने भएको छ ।

बैंकले नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम कार्यक्रम आयोजना कार्यन्वयनको लागि परियोजना कार्यन्वयन इकाईको रुपमा कार्य गर्ने सम्झौता भएको हो ।

कार्यक्रम अन्र्तगत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा सहयोग पुर्याउनेछ । यन्त्र तथा उपकरण जडानमा बैंकले जर्मन सहायतावाट प्राप्त हुने रकमबाट लागतको १० देखि ३० प्रतिशत सम्म अनुदान दिने जनाएको छ ।

यस आयोजना अन्तर्गत न्युनतम १० लाख रुपैयाँ देखि अधिकतम एक करोड रुपैयाँ सम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता पाउनेछ ।

यसका लागि नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुले परियोजनाको बेवसाईट बाट दरखास्त फारम डाउनलोड गरी आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमको लागि आबेदन दिन सकिने व्यवस्था रहेको बैंकले जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।