एभरेष्ट बैंकको ट्यालेन्ट हन्ट आयोजना

Nov 20, 2018 Merolagani

एभरेष्ट बैंकले यस वर्ष आफ्नो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ । यस पृष्ठभूमिमा, बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ ।

कार्यक्रममा , कर्मचारीहरु बीच प्रतिस्पर्धा तीन विभिन्न श्रेणिमा आयोजित गरिएको थियो , अर्थात गायन, नृत्य र स्ट्यान्डअप कमेडी ।

प्रसिद्ध कलाकार मिथिला शर्मा र देशका प्रसिद्ध गायिक कुन्ति मुक्तानले ज्यूरीको नेतृत्व गरे । कार्यक्रममा बैंकको सीईओ श्री सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्रफी प्रदान गरे ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै धेरै अर्थात ९ लाख ५० हजार भन्दा बढी ग्राहक संख्या रहेको छ । हालै यस बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैंकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ ।

यस बैंकको ८६ साखा, ३ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।