एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा दोस्रो दिन पनि सर्किट, नेप्से साढे ८ अंक तल

Nov 20, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रदमा समायोजित मूल्य फिर्ता गरेर साेमबार समायोजन पूर्वको शेयरमूल्य कायम गरेपछि इन्स्योरेन्सको शेयरमूल्यमा दोस्रो दिन मंगलबार नेगटिभ सर्किट लागेको छ। सोमबार पनि इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले घटेको थियो ।

इन्स्योरेन्सको शेयरमूल्य मंगलबार ९.९५ प्रतिशतले घटेर प्रतिकित्ता ८५१ रुपैयाँमा झरेको छ ।

शेयरमूल्यमा तिब्र गिरावट आएपछि कम्पनीको शेयर कारोबार भने एक हजार दश कित्ता शेयर ८ लाख ७८ हजार २०० रुपैयाँ बराबरकाे मात्र खरिद बिक्री भएका छन् ।

त्यसैगरि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्यमा ४ प्रतिशतले घट्दा अरुण भ्याली हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र समता माइक्रोफाइनान्सको शेयरधनीले पनि मंगलबारको बजारबाट ३ प्रतिशतले गुमाएका छन् ।

यसदिन किसान माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले बढेको छ भने सानिमा इक्वीटी फण्डको इकाईमूल्य पनि ५ प्रतिशतले उकालो लाग्यो । ग्रामिण विकास लघुवित्त, बोटलर्स नेपाल तराई, रैराङ्ग हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड १, प्रगेशिभ फाइनान्स र नबिल इक्वीटी फण्डको मूल्य २ प्रतिशतले सुधारिएको छ ।

 

 

मंगलबार नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको ८१ हजार २५ कित्ता शेयर दुई करोड ३७ लाख ९९ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको हाे । अन्य कुनैपनि कम्पनीकाे कारोबार एक करोड नाघ्न सकेन ।

एनआईसी एशियाको ८० लाख, बैंक अफ काठमाण्डू ७९ लाख, एनएमबि बैंक ६२ लाख, प्रभु बैंक ५५ लाख गण्डकी विकास बैंक ५३ लाख, नाडेप लघुवित्त ४६ लाख, एभरेष्ट ४६ लाख, सिभिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पनि ३९ लाख बढीको कारोबार भएका छन् ।

यसदिन १४५ कम्पनीको कारोबार भएकोमा २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २८ वटा कम्पनीको शेयरमूल्य स्थिर रह्यो । नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पायाे ।

मंगलबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट अाएसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्से ८.५४ अंकले ओरालो लागेर ११८१.६६ बिन्दुमा झरेको छ । यसैगरी 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९६ अंकले ओरालो लागेर २५१.०८ अंकमा कायम भएकाे छ ।

मंगलबार १४५ कम्पनीका ५ लाख ६६ हजार ६६९ कित्ता शेयर १७ रकोड ४९ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

यस दिन कारोबारमा आएका दश उप-समूहको सूचकमध्ये उत्पादनमूलक समूहको सूचक मात्र ७.२२ अंकले सकारात्मक भएको छ भने बाँकी नौं उप-समूहको सूचक नकारात्मक बनेका छन् ।

निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५८.५६ अंकले घटेको छ । जीवन बीमा २७.८८, बैंकिङ्ग ९, अन्य ६.२९, लघुवित्त ६.५, विकास बैंक ५.८, वित्त २.६६, जलविद्युत २.२३, र होटल समूहको सूचक ०.८१ अंकले ऋणात्मक रहे ।

अनलाईन कारोबार प्रणाली सुरूवात भएपनि लगानीकर्ताकै हातबाट काराेबार गर्न नपाउनु तथा ब्राेकरहरूलार्इ दिइएकाे सफ्टवेयरमा पनि विविध समस्या अाउने क्रम नराेकिएपछि लगानीकर्ताले यसले उत्साहित बनाउन सकेकाे छैन । 

धेरै सूचीकृत कम्पनीको नगद लाभांश वितरण गर्दा ती कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणले समेत बजारमा लगानीकर्तालाई आकर्षण गर्न नसक्दा सूचक घट्ने क्रम राेकिन सकेको छैन।

अर्कोतर्फ बैंकर्स संघको बैठकले समेत ब्याजदरको विषयमा निर्णय लिन नसक्दा लगानीकर्ताको मनोविज्ञान बजारमैत्री बन्न सकेको छैन । जसले बजारमा माथि लैजाने वातावरण तयार पार्न नसकेकाे सराेकारवालाहरू बताउँछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।