‘अल्पविकसित देश २०१८ स् संरचनात्मक रुपान्तरणका लागि उद्यमशीलता’ प्रतिवेदनले अफगानिस्तान र जाम्बियाजस्ता संसारका अति सुविधाविहीन देशले गरिबी अन्त्यका लागि गतिशील उद्यम र उद्योग सञ्चालन गर्नुपर्ने र त्यसका निम्ति सरकारले पनि नीतिगत व्यवस्था गरी त्यसलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएको छ ।
व्यापार–व्यवसाय तथा रोजगारीका अवसर सृजनाबाट मात्रै विश्वका ४७ वटा अल्पविकसित देशले गरिबीलाई घटाउन सक्ने निष्कर्ष प्रतिवेदनको छ । प्रतिवेदनमा केही एशियाली, सबसाहारा अफ्रिका र धेरै टापुदेश अल्पविकसित ती ४७ देशलाई सुविधाको सूचीमा राखेर व्यापार तथा जलवायु परिवर्तनका असरबाट जोगाउन मद्दत गर्नुपर्नेमा जोड दिइएको छ ।