प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको लघुवित्तको शेयरमूल्य ६५० रुपैयाँमाथि !

Nov 21, 2018 Merolagani

हालसालै आईपिओ निष्काशन गरेको एउटा लघुवित्त कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा सञ्चालन खर्च धान्न नसक्दा नोक्सानी व्यहोरेको छ तर उसको प्रतिकित्ता शेयरमूल्य भने नेप्सेमा ६५० रुपैयाँभन्दा बढीमा कारोबार भैरहेको छ। 

शेयर बजारमा कम्पनीको वास्तविक अवस्थाको आधारमा मात्र मूल्य निर्धारण हुँदैन भन्ने उदाहरण यस लघुवित्तको शेयरमूल्यले नै बताउँछ। 

सिन्धुपाल्चोकमा प्रधान कार्यालय रहेको नेपाल सेवा लघुवित्त (NSEWA) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १६ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । तर उसको धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ६५० रुपैयाँभन्दा बढीमा कारोबार भैरहेको छ । लघुवित्तले गत बैशाखमा एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल सेवा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक बन्न पुगेको छ । गत वर्षको यसै अवधिमा भने लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ १२ पैसा रहेको थियो ।

लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रेमासमा १६ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको हो । लघुवित्तले गत बर्षको यसै अवधिमा एक लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३५ लाख ७८ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले यसअघि चुक्ता पूँजीको ५ प्रतिशत अर्थात ३० लाख रुपैयाँ नगद र कर प्रयोजनका लागि आवश्यक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यद्यपी यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ ।

लघुवित्तले ५ करोड २७ लाख निक्षेप संकलन तथा २४ करोड ६६ लाख सापटीबाट ३२ करोड २९ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । यसबाट लघुवित्तले ५२ लाख ७० हजार खुद ब्याज आम्दानी गरेको छ । तर कम्पनीको कर्मचारी खर्च र अन्य खर्च नै आम्दानीले धान्न नसक्दा लघुवित्त ४० लाख २८ हजार सञ्चालन नोक्सानीमा गएको थियो । उसले खराब कर्जा असुलीबाट २३ लाख ५८ हजा संकलन गर्दा खुद नोक्सानी घटेको हो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात पनि ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा १.४४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा बढेर ४.७७ प्रतिशत पुगेको छ ।

धिताेपत्रकाे दाेस्राे बजारमा सबैजसो नयाँ खुलेका लघुवित्त कम्पनीहरुको पूँजी न्यून हुने भएकाले यस्ता कम्पनीहरुले निष्काशन गर्ने साधारण शेयरको संख्या पनि उति नै कम हुन्छ ।

जसले प्राय: धेरै लघुवित्त कम्पनीको शेयर संख्या थोरै हुँदा कारोबारीले चलखेल गरि कम्पनीको वास्तविक आर्थिक अवस्थाभन्दा उच्च मूल्यमा शेयर कारोबार गर्ने वातावरण सिर्जना गर्ने गर्दछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।