बैंकले नगद लाभांश र साधारण सभा प्रयोजनको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।
यसअनुसार मंसिर १३ गते बिहीबारसम्म कायम रहने शेयरधनीले नगद लाभांश प्राप्त गर्न र बैंकको आगामी वार्षिक साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
मंसिर ४ गते सम्पन्न बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंकले मंसिर २७ गते हुने १४ अाैं साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको हो ।
सााधारण सभामा बैंकले १४ प्रतिशत अर्थात एक अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।
चालू अार्थिक वर्षकाे प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ। तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४५ पैसा छ ।
बैंकले गत वर्ष यसै अवधिमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा १४ करोड ३८ लाखले मुनाफा बढाएको हो ।