प्रमुख पाँच टेक कम्पनीको बजार पूँजीकरण ६ हप्तामा १० खर्ब डलरले घट्यो

Nov 21, 2018 Merolagani

विश्वका पाँच प्रमुख टेक कम्पनीको शेयरमा गिरावट आएसँगै ६ हप्तामा ती कम्पनीहरुको बजार पूँजीकरण १० खर्ब डलर (एक ट्रिलियन डलर) ले घटेको छ । यो रकम १७६ देशको जीडीपीभन्दा पनि बढी हो ।

बजार पूँजीकरण घट्ने पाँच प्रमुख कम्पनीहरुमा फेसबुक, अमेजन, एपल, नेटफ्लिक्स र अल्फाबेट शामिल छन् । सबैभन्दा बढी बजार पूँजीकरण अमेजनको घटेको छ ।

अमेरिकी ईकमर्श कम्पनी अमेजनको बजार पूँजीकरण सबैभन्दा धेरै करिब २८० अर्ब डलरले घटेको छ । ३ अक्टोबरदेखि २० नोभेम्बरसम्म यो नोक्सान भएको हो ।

त्यस्तै फेसबुकको बजार पूँजीकरण २५३ अर्ब डलर, एपलको २५३ अर्ब डलर, अल्फाबेटको १६४ अर्ब डलर, नेटफ्लिक्सकाृ ६७ अर्ब डलरले बजार पूजीँकरण घटेको हो ।

अमेजनको शेयरमा २५ अक्टोबरदेखि गिरावट तीव्र भएको हो । कम्पनीले त्यस दिन त्रैमासिक नतिजा सार्वजनिक गरेको थियो । त्यस्तै कम्पनीले आगामी त्रैमासका लागि कमजोर आउटलुक जारी गर्याे । जसका कारण उसको शेयर मूल्यमा तीव्र गिरावट देखियो ।

एपलको शेयरमा गिरावटको कारण आईफोनको माग घट्नु रहेको छ । फेसबुक लगातार विवादमा रहेका कारण उसको शेयरमा गिरावट आएको हो । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।