शेयरबजारमा सामान्य सुधार, कारोबार रकम १० करोडले बढ्यो

Nov 21, 2018 Merolagani

बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । बजार सुधारको संकेत देखिएसंगै कारोबार रकममा समेत बढोत्तरी आएको छ । हिजो मंगलबार १७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज करिब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस दिन १५१ कम्पनीको ८ लाख ५२ हजार ७६८ कित्ता शेयर २६ करोड ८८ लाख रुपैयाँमा किनबेच भएका छन् ।

बजार परिसुचक नेप्से एक अंकले बढेर ११८२.७४ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ प्रतिशतले बढेर २५१.४६ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १० उपसमुह मध्ये पाँच सुचक सकारात्मक छन् भने पाँच नकारात्मक बने । जीवन बीमा समुह सबै भन्दा धेरै ३०.६५ अंकले बढेको छ भने होटल समुह सबै भन्दा धेरै २२.९३ अंकले घटेकोछ ।

यस्तै विकास बैंक ८.१३, अन्य २.२७, बैकिङ्ग १.२२ र फाइनान्स ०.९५ अंकले बढेको छ । यता हाइड्रोपावर ११.८७, उत्पादन तथा प्रशोधन ९.३४, निर्जीवन बीमा ७.४ र माइक्रोफाइनान्स समुह ०.८५ अंकले ऋणात्मक बने ।

बुधबार नविल बैंकको शेयर धेरै कारोबार भएको छ । बैंकको संस्थापक शेयर तीन करोड २० लाख रुपैयाँ, नेपाल बैंकको तीन करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै प्रभु बैंकको एक करोड ८३ लाख, एनएमबी बैंकको एक करोड ७८ लाख र ग्लोबल आइएमई बैंकको एक करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनैपनि कम्पनीको कारोबार एक करोड नाघ्न सकेन ।

नेपाल लाइफ इन्सयोरेन्सको ८३ लाख, एभेष्ट बैंकको ८२ लाख, मेगा बैंकको ६७ लाख, सिभिल बैंकको ४९ लाख र चिलिमे जलविद्युत कम्पनीको ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन साग्रिला विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै अर्थात ४.२९ प्रतिशतले बढेको छ । यस्तै साइन रेसुंगा विकास बैंकको शेयर मुल्य ३.७८ प्रतिशत, एनआइविएल समृद्धि फण्डको इकाईमुल्य ३.३३ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मुल्य २.८२ प्रतिशतले बढेको छ ।

सिटिजन बैंक, गुराँस लाइफ इन्स्योरेन्स, कैलाश विकास बैंक लगायतको शेयर मुल्य पनि २ प्रतिशतको हराहरीमा बृद्धि भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रदमा समायोजित मूल्य फिर्ता गरेर सोमबार समायोजन पूर्वको शेयरमूल्य कायम भए पछि घट्न थालेको शेयर मूल्य बुधबार पनि तल झरेको छ । सोमबार १० प्रतिशत, मंगलबार ९.९५ प्रतिशतले घटेको शेयर मुल्य बुधबार पनि ७.४० प्रतिशतले घटेको छ ।

यस्तै नयाँ नेपाल लघुवित्तको ६.६१, हिमालयन पावर पार्टनरको ४.५२ र ग्रामिण विकास लघुवित्तको शेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।