कुनै कम्पनीले पनि देखाएनन् नेप्सेको वर्गिकरणमा ए र बि वर्गमा पर्ने चासो

Nov 21, 2018 Merolagani

सूचीकृत कुनै पनि कम्पनीले नेप्सेको वर्गिकरणमा ए र बि वर्गमा पर्ने दाबी नगरेको नेप्सेले जनाएको छ । गत असोजमा ३१ गते नेप्सेले सार्वजनिक गरेको वर्गिकरणमा कुनै पनि कम्पनी ए र बि वर्गमा पर्न सकेका थिएनन् ।

धितोपत्र बोर्डले गत साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागू गर्दै सूचीकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरेको थियो ।

जस अनुसार नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरण गत असोज ३१ सार्वजनिक गरेको थियो , जसमा कुनै पनि कम्पनी ए र बि वर्गमा परेका थिएनन् भने अधिकांश कम्पनी जि र जेड वर्गमा रहेका थिए ।

नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गर्देे ए र बि बर्गमा पर्नुपर्ने कारण बुझाउन ३५ दिनको हदम्याद दिएको थियो । तर ३५ दिनको हदम्याद सकिदा पनि नेप्सेमा सूचिकृत कुनै पनि कम्पनीहरुले वर्गिकरणको समूह ए र बि मा पर्नुपर्ने दाबी नगरेको नेप्सले जनाएको छ ।

कुनै पनि कम्पनीले जी र जेड बर्गमा पर्नु नपर्ने दावी निवेदन नगरेको नेप्से प्रवक्ता मुराहरी पराजुलीले बताए । पराजुलीले सूचीकृत तथा कारोबार नियमावली, २०७५ बमोजिम नै वर्गिकरण गरेकोे र ए र बि समूहमा पर्न आवश्यक प्रकृया पुरा नगर्दा सबै कम्पनी जी र जेड बर्गमा परेको बताए ।

प्रवक्ता पराजुलीले अधिकांश कम्पनीहरुले क्रेडिट रेटिङ्ग नगरेका तथा गरेपनि नेप्सेमा सो विवरण पेश नगरेका कारण ए र वि वर्गमा कुनैपनि कम्पनी नपरेको बताए ।

गत असोज ३१ गतेसम्म सूचीकृत १९६ कम्पनीहरु मध्ये जी वर्गमा २२ वटा कम्पनी परेका छन् भने समूह जेडमा १७४ वटा कम्पनी रेहका छन् ।

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल विवरण, वार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग र निमायक निकायले तोकेको नियम परिपालनालाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था रहेको छ ।

सूचीकृत संगठित संस्थाको वर्गिकरण अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने र सोही अनुसार कारोबारलाई सहजीकरण हुने बताइएपनि नेप्सेको वर्गिकरणकै आधारमा लगानी गर्ने स्थिति भने देखिँदैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।