प्रधानमन्त्री ओलीले बजेटको चौमासिक समिक्षा बैठकमा मन्त्री र सचिवहरुको झ्याँको झारे

Nov 21, 2018 Merolagani

सरकारको काम गराई चित्त बुझ्दो नभएको भनि चौतर्फी आलोचना भई रहेका बेला प्रधानमन्त्रीले मन्त्रालयगत कार्यप्रगति विवरण लिन सुरु गरेका छन् । बुधबारबाट सुरु भएको बजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुको झ्याँको झारेका छन् ।

“देशको परिस्थिती,जनअपेक्षा र आफ्नो अभिभारा बुझेर काम नभएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसंग असन्तुष्टी पोखे । 

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदी’ जस्ता शव्दप्रयोग गरेर उम्कन नपाउने प्रधानमन्त्री ओलीले बताए । “सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्” मन्त्री र सचिबहरुको बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले भने । आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस ।”

सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा,पुरानै बानी नहटेको प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे । “एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने,सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ”प्रधानमन्त्री ओलीले भने । “मन्त्रिपरिषदबाट ढिला सुस्ती भएको छ भने भन्नुहोस । मन्त्री, सचिबको ढिलासुस्ती छ भने भन्नुहोस् । ऐन कानुनले ढिला सुस्तीभएको छ भने त्यो पनि भन्नुहोस । त्यस्ता ढिला सुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ । अब कहिँ पनि ढिला सुस्ती स्वीकार्य छैन ।”

केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्ध्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनीहरु लोकतन्त्रका आधारहरु माथी असभ्य ढंगले प्रष्तुत भएका छन् । “हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने । “जनतामा आशावादिता जगाउने गरी काम गर्नु पर्दछ । जनता निरश भए भने देशका लागि घातक हुन्छ ।”

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्तालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा,जलस्रोत तथा सिंचाइमन्त्रालयका सचिव संजय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिव युवक ध्वज जिसी र प्रकाश माथेमा,उद्योग,वाणिज्य तथा आपूर्ती सचिव यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिव रमेश कुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।