सामुदायिक लघुवित्तको आईपिओमा दुई लाख बढी आवेदक रित्तोहात हुने निश्चित, कति पर्यो आवेदन ?

Nov 21, 2018 Merolagani

सामुदायिक लघुवित्तको साधारण शेयरमा आवेदन गरेकाहरु मध्ये २ लाख बढी आवेदक रित्तो हात हुने निश्चित भएको छ । लघुवित्तको शेयर गोलाप्रथाबाट २७ हजार ३ सय १० आवेदकले १० कित्ताका दरले मात्र पाउने अवस्थाका बिच अढाई लाखभन्दा बढीको आवेदन परे पछि यस्तो अवस्था आएको हो ।

साधारण शेयर निष्काशनको अन्तिम दिनसम्ममा ६०.५९ गुणा बढी आवेदन परेको छ । बुधबार साँझ पाँच बजे सम्ममा एक करोड ६५ लाख ४० हजार १७० कित्ता शेयरका लागि आबेदन परेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता निष्काशन गरेको शेयरमा दुई लाख ५४ हजार ६९३ आबेदकले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर माग गरेका हुन् । यो प्रारम्भिक तथ्यांक हो ।

यस तथ्यांकको आधारमा दुई लाख २७ हजार ३९३ जना आवेदक रित्तो हात हुने देखिन्छ । गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा २७ हजार ३१० जनाले मात्र शेयर पाउनेछ ।

लघुवित्तले कुल ३ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।

शेयर आवेृदनको अन्तिम आँकडा अझै आईनसकेका कारण यो तथ्यांक अझै बढ्ने बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको अनुमान छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।