सात करोड २९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ करोड २७ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । असोज मसान्त सम्म बैंकले ६३ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरर ८० करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने गत आवको प्रथम त्रैमासमा भन्दा घटेको छ । गत वर्ष यसै अवधिमा ६० लाख ५९ हजार खुद ब्याज आम्दानी गरेको यस बैंकले हाल ५९ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ ।
बैंकमा निष्कृय कर्जा अनुपातमा भने सुधार आएको छ । गत आवको प्रथम त्रैमासमा ५.६४ प्रतिशतको निष्कृय कर्जा २.२० प्रतिशतमा झारेको हो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा र मुल्यआम्दानी अनुपात २७.१२ गुणा बढी रहेको छ ।
सहाराले गत जेठ ६ देखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । यो हकप्रदपछि बैंकको पुँजी २५ करोड ५४ लाख ८१ हजार पुग्ने भएपनि बैंकले प्रथम त्रैमासमा हकप्रदलाई पूँजीकरण गरेको छैन ।