बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रवन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ ।
यसैगरि बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने, वा गाभ्ने सम्बन्धमा आवश्यक प्रकृया पूरा गर्न सम्पूर्ण अधिकार सञ्चालक समितिमा प्रत्याजोन गर्ने भएको छ ।
यसैगरि हाल २ अर्बको ऋणपत्र निष्काशन गरिरहेको बैंकले आवश्यकता अनुसार बण्ड,ऋणपत्र जारी गरि पूँजी परिचालन गर्नसक्ने व्यवस्था समेत थप गर्ने भएको छ ।
बैंकको चौधौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचन गर्नेछ ।
बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग काठमाडौंमा मंसिर २७ गते बिहीबार बिहान १० बजे चौधौँ वार्षिक साधारण सभा डाकेको छ ।
सभामा बैंकले चुक्ता पूँजीको १४ प्रतिशत अर्थात् एक अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते बोक क्लोज गर्ने जनाएको छ । यसअनुसार मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र नगद लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
हाल सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ ।बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४५ पैसा छ ।