गण्डकी विकास बैंक वार्षिकोत्सवमा सामाजिक कार्यक्रममा सक्रिय

Nov 22, 2018 Merolagani

गण्डकी विकास बैंकले आफ्नो बाह्रौ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगतका दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ । पहिलो कार्यक्रम अन्तरर्गत बैंकले वर्तमान समयमा रहेको मानव जीवनसँग प्रत्यक्ष सरोकार राखेको रक्त अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेकाे छ ।

बैंकको प्रधान कार्यालय प्राङ्गण वि. पी. चोक, चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमबाट ८१ यूनिट रगत संकलन गरियो ।

बैंकका सञ्चालक पद्य प्रसाद पौडेलबाट पहिलो ब्लडब्याग पहिलो दाता श्री कृष्ण पौडेललाई हस्तान्त्रण गरी शुभारम्भ गरिएको कार्यक्रममा बैंकका कर्मचारी एंवम् सर्वसाधारणले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्सव कै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमका विच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा आश्राम रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालकद्धय पद्य प्रसाद पौडेल र नारायण बहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

वितरण कार्यक्रममा बैंकका सञ्चालक पद्यप्रसाद पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले सामाजिक उत्तरदायित्वमा बैंक निकै सचेत रहेको र यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अगाडि बढाउने नीति बैंकसँग रहेको बताए ।

बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले आफ्नो अपेक्षा गरे भन्दा पनि बढि सहयोग प्रदान गरेकोमा बैंक परिवारलाई धन्यवाद सहित बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

बैंकले वित्तिय पहुचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटीएम, सि आस्वा, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।