सोल्टी होटलको खुद नाफा झण्डै साढे पाँच करोडले बढ्यो

Nov 22, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सोल्टी होटल (SHL) ले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरको छ। होटलले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४३ लाख रुपैयाँले बढी खुद नाफा कमाएको हो । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा होटलले ३७ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। गत वर्ष होटलले हिमालयन विंग भवनमा रहेका १७७ कोठाको स्तरोन्नेती तथा भित्री सजावटका लागि होटल बन्द गरेका कारण खुद नाफामा गिरावट आएको थियो ।

समिक्षा अवधिमा होटलको विंग भवनको पहिलो तल्ला बाहेक सबै कोठाहरु स्तरोन्नती गरी संचालनमा आएपछि नाफामा सुधार भएको हो । बाँकी पहिलो तल्लाका कोठाहरु समेत कार्तिक महिनाको तेस्रो साताबाट संचालनमा आएको होटलले जनाएको छ ।

आगामी दिनमा होटलले व्यावसायिक रणनीतिक संयन्त्रहरुको समुचित सदुपयोग गर्दै आम्दानीमा बृद्धि गर्ने लक्ष्य लिएको छ ।

होटलले यस अवधि सम्ममा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ३६ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा २६ करोड १२ लाख रुपैयाँ आम्दानी गरको थियो । यस्तै ७ करोड ३८ लाख रुपैयाँ होटल संचालनबाट नाफा कमाएको छ ।

होटलको शेयर पुँजी ६६ करोड ६० लाख रुपैयाँ छ भने जगेडा कोषमा कोषमा ८३ करोड रुपैयाँ सञ्चित छ । होटलको प्रतिशेयर आम्दानी ८७ पैसा, प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४६ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।