कात्तिकमा बजार घटेको असर म्युचुअल फण्डमा देखियो

Nov 22, 2018 Merolagani

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई वटै सामुहिक लगानी कोषहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) मा गिरावट आएको छ । एनआईबिएल समृद्धि फण्ड र एनआईबिएल प्रगति फण्डको कात्तिक मसान्तमा एनएभीमा गिरावट आएको देखिएको हो । कात्तिकमा बजार निरन्तर ओरालो लागेका कारण फण्डमा यस्तो असर देखिएको हो ।

कात्तिक मसान्तमा समृद्धि फण्डको एनएभी १५ पैसाले घटेको छ भने प्रगति फण्डको एनएभी ११ पैसाले घटेको हो ।

एनआईबिएल समृद्धि फण्ड १

कार्तिकमा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ १० पैसा कायम भएको छ । गत महिनाको तुलनमा फण्डको एनएभी १५ पैसाले खस्किएको हो । असोजमा फण्डको एनएभी १० रुपैयाँ २५ पैसामा थियो । कार्तिक महिनामा दोस्रो बजारले गति लिन नसक्दा फण्डको एनएभि घटेको हो ।

कार्तिक महिनामा फण्डले ७८ करोड ३५ लाख ४५ हजार ८१५ रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । असोज महिनाको तुलनामा फण्डको सूचीकृत शेयरको लगानी एक करोड ३५ लाख ८० हजार ८५४ रुपैयाँले घटेको हो । असोजमा फण्डले ७९ करोड ७१ लाख २६ हजार ६६९ रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको थियो ।

यस अवधिमा फण्डले बैंक मुद्धती निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ, ऋणपत्र तथा बन्डमा ५ करोड र सार्वजनीक निष्काशन तथा हकप्रद शेयरमा ८२ लाख ९२ हजार ५२७ रुपैयाँ लगानी गरेको छ ।

एक अर्बको आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति एक अर्ब ९५ लाख ९५ हजार २४४ रुपैयाँ छ । असोज महिनाको तुलनामा एक करोड ५७ लाख ३० हजार रुपैयाँले खुद सम्पत्ति घटेको हो ।

फण्डको बैंक मौज्दामा ८ करोड ६५ लाख ४२ हजार ६२५ रुपैयाँ सञ्चित छ भने एक करोड ३५ लाख ५३ हजार ९७६ रुपैयाँ बराबारको अन्य सम्पत्ति छ ।

असोज मसान्तमा फण्डले ९८ लाख २६ हजार १३० रुपैयाँ आम्दानी गरेको छ भने ९४ लाख २१ हजार ५५१ रुपैयाँ खर्च गरेको छ ।

एनआईबिएल प्रगति फण्ड

कार्तिक मसान्तमा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) ७ रुपैयाँ ७० पैसा छ । असोज मसान्तको तुलनामा यो ११ पैसाले घटेको हो । असोजमा फण्डको एनएभी ७ रुपैयाँ ८१ पैसा थियो ।

कार्तिकमा फण्डले ५४ करोड ५० लाख १७ हजार ९४७ रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । यो आकार असोजको तुलनामा एक करोड ७ लाख ६४ हजार रुपैयाँले घटेको हो । असोज महिनामा फण्डले ५५ करोड ५७ लाख ८१ हजार ९६२ रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको थियो ।

साथै फण्डले सार्वजनिक निष्काशन तथा हकप्रदमा ८३ लाख ३ हजार १४५ रुपैयाँ लगानी गरेको छ ।

७५ करोड आकारमा सञ्चालन भएको फण्डको खुद सम्पत्ति ५७ करोड ७७ लाख २६ हजार ७७९ रुपैयाँ छ । असोज मसान्तको तुलनामा खुद सम्पत्ति ८० लाख रुपैयाँले संकुचित भएको हो ।

बैंक मौज्दातमा दुई करोड २९ लाख ६ हजार रुपैयाँ बचत गरेको फण्डको ६४ लाख ७६ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति छ ।

कार्तिक महिनामा फण्ड २७ लाख ३८ हजार रुपैयाँले नोक्सानीमा रहँदा ५२ लाख ७५ हजार रुपैयाँ खर्च गरेको वित्तीय विबरणमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।