महिला सहयात्राको आठ प्रतिशत नगद लाभांश प्रस्ताव

Nov 22, 2018 Merolagani

महिला सहयात्रा माईक्रोफाइनान्स (MSMBS) ले लाभांश प्रस्ताव गरेको छ । माईक्रोफाइनान्सको कार्तिक ५ गते बसेको ७९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश घोषणा गरेको हो ।

माईक्रोफाइनान्सले   गत वर्ष ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर आउँदो साधारण सभावाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माईक्रोफाइनान्सले ५१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको पहिलो त्रैमास अवधिमा प्रति शेयर आम्दानी १६ रुपैयाँ ९० पैसा, प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३६.२६ गुणा बढी छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।