सिद्धार्थ इक्वीटी फण्डको एनएभी दुई पैसाले घटेको छ भने सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको १२ पैसाले ह्रास आएको छ ।
सिद्धार्थ इक्वीटी फण्ड
कार्तिक मसान्तमा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ४५ पैसा कायम छ । असोज महिनाको तुलनामा फण्डको एनएभी दुई पैसाले घटेको हो । असोजमा फण्डको एनएभी १० रुपैयाँ ४७ पैसा कायम थियो । कार्तिकमा शेयर बजारले बुलिस गति नलिदा फण्डको एनएभीमा असर परेको हो ।
एक अर्ब ५० करोड रुपैयाँको आकारमा सञ्चालीत फण्डको खुद सम्पत्ति एक अर्ब ५६ करोड ७९ लाख ९२ हजार ९९६ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति २९ लाख रुपैयाँले घटेको हो ।
यस महिना फण्डको शेयरमा लगानी बढेको देखिन्छ । कार्तिक मसान्तमा सिद्धार्थ इक्वीटी फण्डले ५० करोड ४० लाख ६ हजार रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । यो असोज महिनाको तुलनमा २८.६४ प्रतिशत अर्थात ११ करोड २२ लाख रुपैयाँले बढी हो । फण्डले असोजमा ३९ करोड १७ लाख ९२ हजार ४४५ रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको थियो ।
कार्तिक महिनामा १५ करोड रुपैयाँ बैंक मुद्धती निक्षेपमा लगानी गरेको फण्डले ५ करोड ६० लाख ४२ हजार रुपैयाँ ऋणपत्र तथा बन्डमा लगनी गरेको छ । फण्डले सार्वजनीक निष्काशन, हकप्रद र बोनस शेयर ५२ लाख ४५ हजार रुपैयाँ लगानी छ ।
असोज मसान्तमा फण्डको बैंक मौज्दातमा ८५ करोड ४५ लाख ११ हजार १०४ रुपैयाँ छ भने अन्य सम्पत्ति एक करोड ५७ लाख ८९ हजार ८२७ रुपैयाँ बराबरको छ । गत महिना ५ करोड ३२ लाख ६४ हजार ५४५ रुपैयाँ आम्दानी गरेको फण्डले एक करोड २६ लाख ५४ हजार ३४१ रुपैयाँ खर्च गरेको छ ।
सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम
कार्तिक मसान्तमा सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको एनएभी १० रुपैयाँ ४२ पैसा छ । गत महिनाको तुलनामा फण्डको एनएभी १२ पैसाले ह्रास आएको हो । असोजमा फण्डको एनएभी १० रुपैयाँ ५४ पैसा थियो ।
एक अर्ब रुपैयाँको आकारमा सञ्चालीत स्कीमको खुद सम्पत्ति एक अर्ब ४ करोड २२ लाख ६२ हजार ५३७ रुपैयाँ छ । असोज महिनाको तुलनामा स्कीमको खुद सम्पत्ति एक करोड १२ लाख ४२ हजार रुपैयाँले खस्किएको हो ।
कार्तिक मसान्तमा स्कीमले ५६ करोड ४७ लाख ८५ हजार ४५६ रुपैयाँ सूचीकृत शेयरमा लगानी छ । यो असोज महिनाको तुलनमा एक करोड ८७ लाख ९५ हजार रुपैयाँले धेरै हो । असोजमा स्कीमले ५४ करोड ५९ लाख ९० हजार १६६ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।
समिक्षा अवधिमा स्कीमको १० करोड रुपैयाँ बैंक मुद्धती निक्षेपमा छ । स्कीमले ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार ९८९ रुपैयाँ र सार्वजनिक निष्काशन, हकप्रद, बोनस शेयरमा एक करोड ४५ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ ।
कार्तिकमा स्कीमको बैंक मौज्दातमा ३३ करोड ५६ हजार रुपैयाँ छ भने अन्य सम्पत्ति एक करोड १६ लाख ४८ हजार रुपैयाँ बराबरको छ ।
कार्तिक मसान्तमा स्कीमले एक करोड ६० लाख ४७ हजार रुपैयाँ आम्दानी गर्दा ७८ लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ ।