यस दिन १४३ कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर २५ करोड २५ लाख रुपैयाँ बराबरको किनबेच भएका छन् । बुधबार एक अंकले बढेको बजारमा २६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १० उपसमुह मध्ये छ सुचक सकारात्मक छन् भने चार नकारात्मक बने । होटल समुह
सबै भन्दा धेरै ३३.६४ अंकले बढेको छ भने जीवन बीमा समुह सबै भन्दा धेरै २६.०१ अंकले घटेको छ ।
यस्तै उत्पादन तथा प्रशोधन ६.२८, हाइड्रोपावर ५.३३, अन्य ३.५७, फाइनान्स १.५३ र निर्जीवन बीमा ०.५४ अंकले बढेको छ । यता माइक्रोफाइनान्स समुह ६.७७, बैकिङ्ग २.६२ र विकास बैंक २.२९ अंकले ऋणात्मक बने ।
आजै १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको एनएमबिको कारोबार रकममा व्यापक बृद्धि भएको छ । बैंकको ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंकको एक करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बाँकी अन्य कुनैपनि कम्पनीको कारोबार रकम एक करोड नाघ्न सकेन ।
यस दिन एनआईसि एशिया ग्रोथ फण्डको इकाई मुल्य ११.१३ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंक, एभेष्ट इन्स्योरेन्स, आइसिएफसी फाइनान्स र बुटवल पावर कम्पनीको शेयर मुल्य ४ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
आज सबै भन्दा धेरै गुमाउनेमा सुर्योदय लघुवित्तको शेयर मुल्य ४.६० प्रतिशतले घटेको छ । यस्तै वामी माइक्रोफाइनान्सको शेयर मुल्य ३.९४, एनएमबी माइक्रोफाइनान्सको ३.६३, लक्ष्मी लघुवित्तको ३.५२ र विजया लघुवित्तको ३.४० प्रतिशतले गिरावट आएको छ ।
यसैगरी हिमालयन जनरल इन्स्योरेन्स, संग्रिला विकास बैंक, अपी पावर कम्पनी, आइएमई जनरल इन्स्योरेन्स र पञ्चकन्या माई हाइड्रपावरको शेयरमुल्य २ प्रतिशतको हराहरीमा घटेको छ ।