नयाँ नेपाल लघुवित्तको शेयर मंसिर १३ देखि लिलामीमा

Nov 22, 2018 Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) ले हकप्रदमा बिक्री नभएको १ लाख ३ हजार ३५३ कित्ता शेयर मंसिर १३ गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको छ । जसमा १७ हजार २६० कित्ता साधारण र ८६ हजार ९३ कित्ता संस्थापक शेयर रहेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि माथिको मूल्यमा शेयरमा बोलकबोल गर्न पाउने छन् । मंसिर २० गतेसम्ममा लिलामीका लागि आवेदन दिईसक्नु पर्नेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामीमा आवेदन गर्न सकिने बताइएको छ ।

लघुवित्तले साउन २७ देखि भदौ ३१ गतेसम्म ६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।