किसान माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी कति तल झर्ला ? २९ प्रतिशत बोनसको बुकक्लोज

Nov 22, 2018 Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) ले साधारण सभा प्रयोजनका लागि मंसिर २९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । लघुवित्तले पुस ७ गते साधारण सभा बोलाएको छ । साधारण सभाले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश पनि पारित गर्दैछ ।

मंसिर २८ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको प्रस्तावित बोनस र नगद लाभांश पाउनेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । पुस ८ गतेसम्म निष्काशन हुने हकप्रदले भने उल्लेखित लाभांश पाउने छैन ।

७ करोड ६४ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी ९ करोड ८५ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।

अहिले निष्काशन भैरहेको ४ करोड ८० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । 

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एक करोड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ ।

गत असोज मसान्तमा प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा रहेको लघुवित्तको नयाँ पूँजी कायम भए पश्चात प्रतिशेयर आम्दानीमा भारी संकुचन आउनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।