निर्धन उत्थानलाई उछिनेर छिमेक लघुवित्त पहिलो स्थानमा, अन्यको के छ अवस्था ?

Nov 22, 2018 Merolagani

हाल सम्म ३७ माइक्रो फाइनान्सहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये छिमेक लघुवित्त सबै भन्दा बलियो देखिएको छ । छिमेक जगेडा कोषमा बाहेक सबै सूचकमा पहिलो स्थानमा छ ।

चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा परिचालन, खुद व्याज आम्दानी, खुद नाफा र कुल संचालन आम्दानीमा छिमेक बलियो देखिएको हो ।

एक अर्ब चुक्ता पूँजी रहेको छिमेकले पहिलो त्रैमाशमा १५ करोड ६२ लाख खुद नाफा गरेको छ । जसको जगेडाकोषमा एक अर्ब ३२ करोड छ ।

अग्र स्थानमा रहेको छिमेकलाई निर्धन उत्थानले पछाईरहेको छ । छिमेकको जति नै एक अर्ब चुक्ता पूँजी रहेको निर्धन उत्थानको जगेडाकोष सबै भन्दा धेरै छ भने अन्य सूचकपनि बलियो छ । निर्धनको जगेडा कोषमा एक अर्ब ७४ करोड रुपैयाँ संचित छ ।

छिमेक र निर्धन उत्थानले पहिलो त्रैमासमा १५ करोड बढी नाफा कमाएका छन् । तेस्रो स्थानमा रहेको साना किसानले बैंकले १२ करोड रुपैयाँ बराबरको मुनाफा आर्जन गरेका छन् ।

 

स्वबलम्बन, डिर्पोक्स, फरवर्डको खुद नाफा ८ करोड रुपैयाँ भन्दा बढी छ भने आरएमडीसिको ७ करोड रुपैयाँ छ ।
ग्रामिण, मेरो, नेशनल, लक्ष्मी र फस्र्टले २ करोड रुपैयाँ खुद नाफा कमाउँदा आरएसडिसी, ओमी, समिट, स्वरोजगारको एक करोड रुपैयाँमा सिमित छ ।

३७ माइक्रो फाइनान्सन मध्ये २२ कम्पनीको खुद नाफा एक करोड भन्दा कम छ भने दुई कम्पनी नोक्सानीमा छ । आरम्भ ९ लाख रुपैयाँ र नेपाल सेवा १७ लाख रुपैयाँ नोक्सानी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल सेवा अधिकाँस सुचकहरुमा कमजोर देखिएको छ । १७ करोड रुपैयाँ खुद नोक्सानीमा रहेका नेपाल सेवाले यस अवधिमा सबै भन्दा थोरै ५ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थावाट २४ करोड ६६ लाख रुपैयाँ सापटी लिएर ३२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।