किष्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका घर्ती र श्रेष्ठलाई अदालतमा पेश गरिँदै

Nov 23, 2018 Merolagani

तत्कालिन किष्ट बैंक घोटाला काण्डमा पक्राउ परेका नायब महाप्रबन्धक बीएन घर्ती र प्रगुन श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार अदालतमा पेश गर्दैछ । ब्युरोले घर्ती र श्रेष्ठलाई बिहीबार नियन्त्रणमा लिएको थियो । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एंवम प्रहरी उपरिक्षक सुदीप गिरीले उनीहरुलाई थप अनुसन्धानको लागि आजै काठमाडौं जिल्ला अदालमा पेश गरिने मेरो लगानीलाई जानकारी दिए ।

घर्ती तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक हुन् । सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्।
बैंक घोटाला काण्डमा तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पनि मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।

प्रहरीले यसअघि सोही काण्डमा तत्कालीन बैंकका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गएको असोज १९ मा भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैकिंङ कसुर ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।