बुटवल बेलहीया व्यापारिक मार्ग विस्तार कार्य चैतमा सकिने

Nov 23, 2018 RSS

बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तारको काम यही चैत मसान्तसम्म सकिने भएको छ । समयमा काम नगर्ने ठेकेदारलाई आयोजनाले कारवाही गरेका कारण चैत मसान्तसम्म काम सकिने भएको हो । पटक–पटक समयसीमा थप्दा पनि समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई आयोजनाले कारवाही गरेपछि पछिल्लो समयमा ६ लेन सडक निर्माणले तीव्रता पाएको छ ।

समयमा काम नगरेका कारण बेलहिया सडक व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण सेवा कम्पनीबाट रु तीन करोड ८७ लाख ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत ईश्वरीप्रसाद देवकोटाले जानकारी दिए ।

बुटवल–बेलहिया सडकको दुई स्थानमा सडक निर्माणको जिम्मा पाएको कालिका–तामाङ–प्यासिफिक–जेभिबाट रु तीन करोड ८७ लाख र अलकापुरी निर्माण सेवाबाट रु ५९ हजार जरिवाना लिएको आयोजनाका लेखा अधिकृत देवकोटाले बताए ।

“समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरिएको छ, अहिले सडक विस्तार कार्यले गति लिएको छ, यही गतिमा अगाडि बढे चैत मसान्तसम्म सडक विस्तार पूरा हुन्छ”, आयोजनाका प्रवक्ता गोविन्द श्रेष्ठले भने ।

यो मार्गको अहिलेसम्म करीब ८० प्रतिशत काम सकिएको छ । २४ किलोमिटर सडकमध्ये अहिले मणिग्रामदेखि भैरहवा गोदार इञ्जिनीयरिङसम्म सडक निर्माणको काम भइरहेको छ । अब करीब पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०६६÷६७ मा शुरू भएको यो व्यापारिक मार्ग विस्तारका लागि विभिन्न चार चरणमा काम गरिएको छ । पहिलो चरणमा बुटवलको गोलपार्कदेखि योगीकुटी, दोस्रोचरणमा योगीकुटीदेखि मणिग्राम, तेस्रोचरणमा भैरहवादेखि बेलहियासम्मको काम सम्पन्न भएको छ, भने चाैथो चरणअन्तर्गत अहिले मणिग्रामदेखि भैरहवासम्मको सडक निर्माणको काम भइरहेको छ ।

तीस महीनामा मणिग्रामदेखि भैरहवा सडक विस्तारको काम सक्ने गरी चौथो चरणको सम्झौता गरिएको हो । आयोजना पूरा गर्न पाँच अर्ब ८६ करोडको ठेक्का भएको थियो । अहिलेसम्म रु चार अर्ब खर्च भइसकेको प्रवक्ता श्रेष्ठले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।