छ म्युचुअल फण्डको ६३ करोड ५० लाख इकाई निष्काशन हुने

Nov 24, 2018 Merolagani

विभिन्न मर्चेन्ट बैंकिङ्गहरु द्धारा सञ्चालित ६ म्युचुअल फण्डहरु धितोपत्र बोर्डको पाइपलाईनमा छन् । ति फण्डहरुले ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको ६३ करोड ५० लाख इकाई प्रथामिक निष्काशन जारी गर्न बोर्डमा निवेदन दिएका छन् ।

मर्चेट बैंकिङ्गहरुको व्यवस्थापनमा सञ्चालन हुने ६ फण्डहरुमा ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सिटिजनस् म्युचुअल फण्ड–२, एनआइसि एशिया ब्यालेन्स फण्ड, एनएमबि–५०, नविल ब्यालेन्स फण्ड–२ र एनआइबिएल सहभागिता फण्ड रहेका छन् ।

 

सबै भन्दा बढी एनआइसि एसिया ब्यालेन्स फण्डले एक अर्ब २५ करोड रुपैयाँ आकारको फण्ड जारी गर्ने माग गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई जारी गर्न लागेको हो ।

यता ग्लोबल आइएमई ब्यालेन्स, एनएमबि –५० र नविल ब्यालेन्स फण्ड एक अर्ब २० करोड रुपैयाँको आकारमा सञ्चालन हुने भएका हुन् ।

साथै सटिजनस् म्युचुअल फण्ड–२ एक अर्ब रुपैयाँ र एनआइबिएल सहभागिता फण्डको आकार ५० करोड रुपैयाँ रहेको छ ।

असोज महिनामा म्युचुअल फण्डहरुको एनएभी

नेपाल स्टक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटै म्युचुअल फण्डले असोज महिनाको वित्तीय विवरण सार्वजनीक गरेका छन् ।

जस मध्ये दुई फण्डले मात्र भदौ महिनाको तुलनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) बढाएका छन् । दुई फण्डले भदौ महिनाको एनएभिमा तलमाथि भएको छैन भने ९ वटाको एनएभी घटेको छ ।

म्युचुअल फण्डमा शेयर बजारको घटबढले प्रत्यक्ष प्रभाब पारेको हुन्छ । जसरी असोज महिनामा शेयर बजार बढनु भन्दा धेरै घट्ने क्रममा भएको कारण फण्डहरुको एनएभी अपेक्षा अनुसार वृद्धि हुन सकेन ।

असोज महिनामा अधिकांस फण्डहरुले असोज महिनाको वित्तिय विवरणमा फण्डको एनएभी अधार मूल्य भन्दा घटेको विवरण सार्वजनीक गरेका छन् ।

असोज महिनामा एनएभी बढाउने फण्डहरुमा सिटिजनस् म्युचुअल फण्ड–१ र सिद्धार्थ इक्वीटी फण्ड रहेका छन ।

असोजमा सिटिजनस् म्युचुअ फण्ड – १ को एनएभी बढेको छ । असोज मसान्तमा फण्डको एनएभी १० रुपैयाँ ५२ पैसा कायम छ । भदौको तुलनामा फण्डको एनएभी १२ पैसाले बढेको हो । भदौमा फण्डको एनएभी १० रुपैयाँ ४० पैसा थियो ।

सिद्धार्थ इक्वीटीको असोज मसान्तमा एनएभी १० रुपैयाँ ४७ पैसा र्निधारण भएको छ । फण्डले गत महिनाको तुलनामा ४ पैसाले एनएभी बढेको छ । भदौमा फण्डको एनएभी १० रुपैयाँ ४३ पैसा थियो ।
त्यसैगरी असोजमा एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड–१ को एनएभी सबै भन्दा धेरै घटेको छ । असोजमा फण्डको एनएभी ११ रुपैयाँ ३० पैसामा कायम भएको छ । भदौ महिनाको तुलनामा फण्डको एनएभी दुई रुपैयाँ २४ पैसाले घटेको हो ।

यद्यपि फण्डको एनएभी अझसम्म सबै भन्दा धेरै रहेको छ । भदौमा फण्डको एनएभी १३ रुपैयाँ ५४ पैसा थियो ।

सिद्धार्थ इक्युटी ओरियन्टड स्कीम र सानिमा इक्युटी फण्डको एनएभी भदौको तुलनामा तलमाथि भएन् । असोज महिनामा सिद्धार्थको १० रुपैयाँ ५४ पैसा छ भने सानिमाको १० रुपैयाँ ३८ पैसा छ ।

भदौ महिनाको तुलनमा असोज महिनाको एनएभी ग्लोबल आइएमई मसुन्नत योजना–१को २३ पैसा, लक्ष्मी इक्वीटी फण्डको ७ पैसा, लक्ष्मी भ्यालु फण्ड–१को ६ पैसा, नविल इक्वीटी फण्डको १२ पैसा, एनआईसी एसिया ग्रोथ फण्डको ४ पैसा, एनएमबि हाईब्रिड फण्ड एल–१ को एक पैसा, एनआईबिएल समृद्धि फण्ड–१ को १४ पैसा र एनआईबिएल प्रगति फण्डको १९ पैसाले घटेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।