गरिमा विकास बैंकद्धारा रक्तदान सम्पन्न, ४३० युनिट रगत संकलन

Nov 24, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) ले १२ औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट बैंकले ४३० युनिट रगत संकलन भएको जनाएको छ ।

गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११ औं बर्ष पूरा गरी १२ औं बर्षमा प्रवेश गरेको अवसरमा मंसीर ७ गते शुक्रबार ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

विकास बैंकले विकास बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, ,बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, विराटनगर मोरङ, इटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

यसै सिलसिलामा विकास वैंकको उद्गमस्थल स्याङ्गजाको वालिङ्ग शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

शुक्रबार नै नेपाल राट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत बुद्घचोक शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

२४ अर्ब ५० करोड निक्षेप संकलन, २२ अर्ब कर्जा लगानी

राष्ट्रियस्तरको विकास बैंक गरिमाले मंसीर ७ गतेसम्म विकास बैंकले २४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

बैंकको काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय छ भने काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।

बैंकले छिट्टै नै पर्साको वीरगज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।