पूँजी वृद्धिमा मुक्तिनाथ विकास बैंकको जोड, बोनसपछि फेरि हकप्रद ल्याउने

Nov 25, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीकाे २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले मंसिर २९ गते आह्वान गरेको साधारण सभामा १८.२५ प्रतिशत बाेनस प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि बैंक र अन्य उपयुक्त कुनैपनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन संस्था पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न परामर्शदाता,मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने र मर्जर प्राप्तीका अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

मुक्तिनाथले गत आर्थिक वर्षको कमाईबाट चुक्ता पूँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँको १८.२५ प्रतिशत बोनस अर्थात ४७ करोड २९ लाख ९६ हजार ८०६ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कर प्रयोजनको लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश पनि रहेको छ ।

बैंकले बोनस शेयर पश्चात कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँंजीबाट २० प्रतिशत हकप्रद बिक्री गर्न प्रस्ताव पारित गर्न लागेको हो । प्रस्ताव पारित भएपश्चात हकप्रद बिक्री प्रकृया अगाडि बढ्नेछ। यसअघि बैंकले ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसाेधन गरि अधिकृत पूँजी ४ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।

बैंकले मङ्सिर २९ गते सिटी स्क्वायर, पोखरामा कास्कीमा १२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले मङ्सिर १८ देखि २५ सम्मका लागि बुक क्लोजको मिति निर्धारण गरेको छ । यसअनुसार मंसिर १७ सम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।