आइएमई जनरल इन्स्योरेन्सको हकप्रदपछि शेयरमूल्य समायोजन

Nov 25, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) को मंसिर ९ गते अाइतबार शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ४२३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको औसत आधारमूल्य ४८६ रुपैयाँ ६७ पैसा कायम भएकाे नेप्सेले जनाएकाे छ ।

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्न आइतबार बुकक्लोज गरेको हो ।
यस कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त भइसकेको छ ।

हाल आइएमई जनरल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर कम्पनीले प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २८ पैसा कायम गरेकाे छ । यस अविधमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।