नेप्से परिसूचक दोहोरो अंकले घट्दा ११६६ बिन्दुमा नेप्से, २५ करोडको कारोबार

Nov 25, 2018 Merolagani

एनएमबि बैंकमा आकर्षण कायमै 
साताको पहिलो कारोबार दिनमा नै शेयर बजार परिसूचक दोहोरो अंकले झरेको छ । आइतबार बजार खुल्ला भएदेखि घट्न थालेको सूचक घट्ने क्रम नरोकिँदा ११६६.४३ अंकमा बन्द भएको हो ।

यसैगरी 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०८ अंकले ओरालो लागेर २४७.९८ अंकमा आएको छ । यस दिन १५४ कम्पनीका ८ लाख ४० हजार ५५ कित्ता शेयर २५ करोड ६ लाख रुपैयाँमा किनबेच भएको छ । गत बिहीबारको तुलनामा १९ लाखले कारोबार रकम घटेको हो ।

आइतबार कारोबारमा आएका सबै उप समूहको सूचक नकारात्मक भएको छ । यस दिन निर्जीवन बीमा उप समूहको सूचक सबैभन्दा धेरै ९६.७६ अंकले ओरालो लागेको छ ।

उत्पादनमूलक समूहको इक्डेक्स् ५०.५४ अंक, जीवन बीमा ४४.४, होटल २८.८७, जलविद्युत २४.८९, लघुवित्त २२.४५, बैंकिङ्ग १२.६४, अन्य ७.७१, विकास बैंक ६.४७ र वित्त उप समूहको सूचक ५.१६ अंकले ऋणात्मक भएको छ ।

आकर्षक लाभांश घोषणा गरेको एनएमबि बैंकको शेयरमा आइतबार पनि लगानीकर्ता आकर्षित भएका छन् । बैंकको एक लाख दुई हजार १७४ कित्ता शेयर तीन करोड ६५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

एनएमबि बैंकको मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनसका साथै २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरि सोल्टी होटलको ५१ हजार २५० कित्ता शेयर एक करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ भने नेपाल बैंकको ३७ हजार १२१ कित्ता शेयर एक करोड ९ लाख रुपैयाँमा किनबेच भएको छ ।

ङादी ग्रुप पावर र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत भन्दा धेरैले बढेको छ भने नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य ५.५१ प्रतिशतले बढोत्तरी भएको छ ।

एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, एनएमबि हाइब्रिड फण्ड–१, सानिमा इक्वीटी फण्ड, सिटिजन म्युचुअल फण्ड, माहालक्ष्मी विकास बैंक र काबेली विकास बैंकका शेयरधनीले पनि घट्दो बजारमा पनि नाफा आर्जन गरेका छन् ।

यता शतप्रतिशत हकप्रद जारी गर्न लागेको नाडेप लघुवित्तको आइतबार हकप्रद शेयर समायोजनसहित ४६.०२ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत शेयरमूल्य समायोजन सहित ४०.०२ प्रतिशतले शेयरमूल्य घटेको नेप्सेकाे वेवसाइटमा देखिएकाे छ ।

तर समायाेजित शेयरमूल्यका अाधारमा भने नाडेपकाे ०. ५२ प्रतिशतले शेयरमूल्य बढेकाे छ भने आइएमई जनरल इन्स्योरेन्सको ३.३६ प्रतिशतले मात्र घटेकाे हाे । अाइतबार नाडेपकाे हकप्रदपछि ७२६ रूपैयाँ १९ पैसा र  आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता ४२३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायाेजन भएकाे थियाे । अाइतबार नाडेपकाे ७३० रूपैयाँ र आइएमई जनरल इन्स्योरेन्सको ४०९ रूपैयाँमा काराेबार बन्द भएकाे छ ।

 

 

एनएमबि माइक्रोफाइनान्सका शेयरधनीले ७.२० प्रतिशतले गुमाउँदा रैराङ्ग हाइड्रोपावर र गुँरास लाइफ इन्स्योरेन्सका शेयरधनीले पनि ६ प्रतिशत बढीले आइतबारको शेयर बजारबाट गुमाएका छन् ।

साथै छयाङ्दी हाइड्रोपावर, आरम्भ माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, कालिका लघुवित्त र आइसिएफसी फाइनान्सको शेयरमूल्य ५ प्रतिशत धेरैले खस्किएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।