बाँडफाँडको झण्डै एक महिना पछि यसै साता शेयर सूचिकृत हुने कम्पनीले जनाएको छ ।
शेयर सूचिकृतका लागि सबै प्रक्रिया पुरा गरेर फाईल नेप्सेमा पठाई सकिएको आँखु खोला जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद पनेरुले जानकारी दिए ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको सेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताबाट ४.४३ गुणा बढी आवेदन परेको थियो ।
जस मध्ये ४७ हजार ४ सय जनाले २० कित्ता तथा ३५ हजार ९ सय १६ जनाले १० कित्ताका दरले साधारण शेयर पाएका थिए ।