उक्त लिलामीको शेयरमा मंसिर १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जनाएको छ ।
फाईनान्सको न्यूनतम शेयर मूल्य एक सय रुपैयाँ तोकिएको छ । सर्वधारण तर्फको शेयर न्यूनतम एक सय कित्ता र संस्थापकमा न्यूनतम एक हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।
फाईनान्सको शेयर लिलामी गर्न इच्छुक लगानीकर्ताले सनराइज क्यापिटल तथा प्रोग्रेसिभ फाइनान्सको कार्यालय पाको न्यूराड, उग्रतारा जनागल र बनेपा काभ्रेबाट आबेदन दिन सक्नेछन् ।
सोमबार फाइनान्सको प्रतिशेयर १०१ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । सेयर लिलामी पछि चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।
प्रोग्रेसिभले यसअघि भदौ ५ देखि असोज २३ गतेसम्म ५९ लाख १ हजार कित्ता (२८१%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको प्रोग्रेसिभको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७७ पैसा छ ।