पूर्णिमा विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएसमा आबद्ध

Nov 26, 2018 Merolagani

पूर्णिमा विकास बैंक (PURBL) नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आबद्ध भएको छ ।

यससँगै बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन प्रति कारोबार एक लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले डब्लु डब्लु डब्लु डट कनेक्टआइपिएस डट कम (www.connectips.com) अथवा यसको मोबाईल एप्समा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेका छन् ।

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । उक्त प्रणालीमा उपलब्ध भएका पेमेन्ट प्रोसेसर (गेटवे) पनि केहि मर्चेन्ट पोर्टलहरुमा जडान भइसकेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ ।

कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हालसम्म ४६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३७ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।