जनता बैंकको ताप्लेजुङको फक्त्ताङलुङमा शाखा स्थापना

Nov 26, 2018 Merolagani

जनता बैंक नेपाल लिमिटेड (JBNL) ले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा मंसिर १० सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

वित्तीय सेवा मार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको लक्ष अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पु¥याई बैंकिङ् क्षेत्रमा विशिष्ट पहिचान बनाउने बैंकको लक्ष्य रहेको छ ।

तिब्बतसँग सीमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसाबमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट गाउँपालिका हो ।

यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।